
काठमाडौं, २८ असार — एनसेल प्रालीले आफ्नो स्वामित्वमा रहेको १७ रोपनी ३ आना जग्गा बेच्ने भएको छ । काठमाडौं जिल्ला साविकको मातातिर्थ गाविस वडा नम्बर ७ हाल चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ मा रहेको जग्गा बेच्न लागेको हो ।
सो जग्गामा रहेको पुरानो घर समेत जे जस्तो अवस्थामा छ सोही अवस्थामा बेच्ने एनसेलले जनाएको छ । उक्त जग्गा किन्ने चाहाने व्यक्ति वा संस्थाले आजको मितिले १५ दिन भित्र आवेदन दिने सक्ने छन् ।
बोकबोलको माध्यमबाट एनसेलले जग्गा बेच्न थालेको हो । एनएसलले उक्त जग्गा १७ करोड १० लाखमा नघटाई बेच्ने बताएको छ । एनसलले फरक फरक कित्तामा रहेको सम्पूर्ण जग्गा एकै पटक बेच्न खोजेको हो ।
एनसेलले एनसेलको नबिल बैंकमा रहेको खातामा १७ करोड १० लाखको १० प्रतिशत रकम जम्मा गरेर आवेदन दिन सकिने जनाएको छ । एनसलको उक्त जग्गा पाउनले ३५ दिन भित्र जग्गा किनिसकेको हुनुपर्ने छ ।
तर यसमा सानो पुँजी भएका सर्वसाधाणले चाहिँ किन्न नसक्ने देखिएको छ । यो मुल्य बाहेक मालपोत कार्यालयमा लाग्ने पास खर्च किन्नेले नै बेहोर्नुपर्ने छ । जग्गा हेर्न चाहाने सर्वसाधारणले साउन २ गते दिउँसो ११ देखि १ बजे सम्म ९८०५५५४५३३ मा सम्पर्क गर्न सक्नेछन् ।
