३१ असार २०८३, बुधबार

बजारमा अभाव गर्नेमाथि कारवाही गर्न वाणिज्य विभाग प्रतिवद्ध, अनुगमन दोब्बर बनाउँदै

बजारमा अभाव गर्नेमाथि कारवाही गर्न वाणिज्य विभाग प्रतिवद्ध, अनुगमन दोब्बर बनाउँदै

वाणिज्य विभागले बजारमा उपभोग्य वस्तुको अभाव नभएको र हल्ला गरेर अभाव सिर्जना गरेको अवस्थामा अनुगमनबाट कारवाही हुने बताएको छ ।

वाणिज्य विभागले बिहीवार पत्रकार सम्मेलन आयोजना गरेरै कुनै पनि वस्तुको अभाव नभएको र कृत्रिम अभाव सिर्जना नगर्न आग्रह पनि गरेको हो । विभागका महानिर्देशक लिलाप्रसाद शर्माले अनुगमन दोब्बरले बढाइएकाले उपभोग्य वस्तुको अभाव नहुने र कृत्रिम अभाव सिर्जना गर्नेमाथि कारवाही हुने पनि बताए । 

महानिर्देशक शर्माका अनुसार अहिले दैनिक दैनिक २ देखि ३ टोलीले मात्रै बजार अनुगमन भइरहेको छ । अब यसलाई बढाएर दोब्बर बनाउँदै छ । कर्मचारी अभावले अनुगमन बढाउन नसकिएको गुनासो गर्दै उनले भने सरकारले कर्मचारी थप दिने हो भने गुनासो नै नआउने गरी अनुगमन गर्न विभाग तयार रहेको छ ।

विभागका अनुसार गुनासो आएको वा नआएको दुबै स्थानमा अनुगमन भइरहेको छ । बजारमा अभाव सिर्जना गर्ने, अस्वभाविक मूल्यवृद्धि गर्ने र उपभोक्तालाई दुःख दिएको विषयमा भने विभागमा उजुरी दिन अनुरोध गर्ने गरिएको छ । 

विभागले सामाजिक सञ्जाल, फोन वा लिखित उजुरीसहितको जुनसुकै माध्यमबाट पनि गुनासो दिन सकिने बताए । उपभोक्ताले गरेको गुनासोलाई विभागले सम्बोधन गर्ने प्रतिवद्धता पनि विभागले गरेको छ ।

विभागले यो वर्ष मात्रै २१८७ व्यापारिक फर्मको अनुगमन गरेर कैफियत देखिएका १०१२ फर्मलाई कारवाही गरिएको छ । यसबाट १ करोड १८ लाख रुपैयाँ जरिवानासमेत गराएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्