२७ जेठ २०८३, बुधबार

मधुमेहका बिरामीले अनिवार्य खानुस् यी खानेकुरा

बैशाख ८, २०७९
मधुमेहका बिरामीले अनिवार्य खानुस् यी खानेकुरा

पछिल्ला दिनहरूमा मधुमेहबाट धेरै मानिस ग्रसित भइरहेका छन् । 

अव्यवस्थित खानपान, शारीरिक कसरतको अभाव, चिन्ता जस्ता कारणले मधुमेह हुन सघाउँछ । 

मधुमेह लागिसकेपछि चिनीजन्य वा चिनी पाइने खानेकुरा नखान चिकित्सकले सुझाव दिने गर्छन् । 

मधुमेहका बिरामीले के खाने ? 

यहाँ हामीले केही जानकारी दिएका छोँ । 

१. पपकर्न

पपकर्नलाई निकै स्वस्थकर स्यान्क्सको रुपमा लिइन्छ । यसको सेवनले ब्लड शुगर लभल बढ्दैन । यसमा फाइबर हुन्छ, जसका कारण पाचन प्रणालीमा समेत सहजता ल्याउँन सहयोग गर्छ । 

२. कम फ्याट भएको दही 

कम फ्याट भएको दहीको सेवनले शरीरलाई ताजा एवम् स्वस्थ बनाउन सहयोग मिल्छ ।  फ्याट कम भएको दहीले शरीरमा ब्लड शुगर लेवल  पनि बढ्दैन । 

३. नट्स

नट्स अथवा काजु, बदाम जस्ता खानेकुरा खाँदा शरीरमा ब्लड शुगर लेभल बढ्दैन । मधुमेहका बिरामीले काजू, बदाम जस्ता खानेकुरा खानु आवश्यक हुन्छ । यसले शरीरमा ब्लड शुगर बढ्न दिँदैन । 

४. अण्डा

अण्डाको सेवनले पनि शरीरमा ब्लड शुगर लेभल धेरै बढ्दैन । बिहान भोक मेटाउनका लागि उसिनेको अण्डा खान सकिन्छ । यसले शरीरलाई अन्य फाइदा समेत दिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्