फ्राइडे रिलिज अन्तर्गत यो साता कुनै पनि नेपाली चलचित्र प्रदर्शनमा आएको छैन ।
नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आएको ‘ए मेरो हजुर ४’ नै अहिले देशभरका मल्टिप्लेक्स तथा सिंगल हलहरूमा प्रदर्शनरत छ ।
यता, दक्षिण भारतिय चलचित्र ‘केजीएफ : च्याप्टर २’ पनि यतिबेला नेपाली हलहरूमा प्रदर्शनरत छ ।
अघिल्लो साता दक्षिण भारतीय र नेपाली गरि दुई प्रतीक्षित चलचित्र प्रदर्शनमा आएका कारण पनि निर्माताले यो साता नेपाली चलचित्र रिलिज नगरेका हुन् ।
यी दुवै चलचित्रले दोस्रो सातामा पनि राम्रो दर्शक पाइरहेका छन् ।
आगामी शुक्रवार भने नयाँ नेपाली चलचित्र ‘मन्त्र’ प्रदर्शनमा आउँदैछ । खिल बहादुर गुरुङको निर्देशन रहेको ‘मन्त्र’मा सौगात मल्ल, बुद्धि तामाङ र दीया पुनको मुख्य भूमिका रहेको छ ।