३० असार २०८३, मंगलबार

एमालेमा पनि इमान्दार कम्युनिष्ट छन् भन्दै प्रचण्डले भने- गलत प्रवृत्तिविरुद्ध संघर्ष गर्ने प्रेरणा मिलोस्

एमालेमा पनि इमान्दार कम्युनिष्ट छन् भन्दै प्रचण्डले भने- गलत प्रवृत्तिविरुद्ध संघर्ष गर्ने प्रेरणा मिलोस्

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले फेरि कम्युनिष्ट पार्टीहरूलाई एकताबद्ध गर्नुपर्ने बताएका छन् । 

नेपाल कम्युनिष्ट पार्टीको ७३ औं स्थापना दिवस तथा १५२ औं लेनिन जयन्तीका अवसरमा शुक्रवार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब नयाँ चिराबाट एकताबद्ध हुनुपर्ने बताएका हुन् । 

‘एमालेमा पनि इमान्दार कम्युनिष्ट नेताहरू हुनुहुन्छ, जो कम्युनिष्ट एकताको पक्षमा हुनुहुन्छ,’ उनले भने, ‘यो दिवसले गलत प्रवृत्तिका विरुद्ध संघर्ष गर्न उहाँहरूलाई प्रेरणा मिलोस् ।’

यस्तै उनले माओवादीबाट विभिन्न कालखण्डमा छुट्टिएकाहरू पनि अहिले आफ्नो मूल घरमा फर्किन थालेको बताए । निर्वाचन अभियानमा सबै कम्युनिष्ट पार्टीहरू एक ढिक्का भएर अभियानमा जानुपर्ने उनको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्