०३ साउन २०८३, आइतबार

वडाध्यक्षको टिकट नपाए राप्रपा नेपालका नेता पुरु दाहाल बागी उठ्ने

वडाध्यक्षको टिकट नपाए राप्रपा नेपालका नेता पुरु दाहाल बागी उठ्ने

राप्रपा नेपालका केन्द्रीय सदस्य पुरु दाहालले वडाध्यक्षमा टिकट नपाए बागी उठ्ने बताएका छन् । 

कैलालीको टीकापुर नगरपालिका-१ को वडाध्यक्षमा उम्मेदवारी घोषणा गरेका थिए । तर, एमाले र राप्रपा नेपालबीच तालमेल गर्ने सहमति भएपछि सो वडामा एमालेले अध्यक्ष पाउने सम्भावना बढेको छ । 

यदि एमालेले अध्यक्ष पाएको खण्डमा आफूले बागी भए पनि उम्मेदवारी दिने दाहाल बताउँछन् । ‘पहिले एमालेले जितेको भए पनि अहिले पार्टी फुटेपछि एकीकृत समाजवादीतिर धेरै लागेका छन्,’ उनले भने, ‘त्यसैले एमालेका उम्मेदवार उठ्दा जित्ने सम्भावना न्यून छ ।’ उनले आफूले सो क्षेत्रमा राम्रो काम गरेको र युवा पनि भएकाले आफूले नै टिकट पाउनुपर्ने धारणा राखे । 

दाहाल सो क्षेत्रमा पर्यटन र शिक्षण पेशामा आबद्ध भएर काम गरिसकेका नेता हुन् । 

salt training

कमेन्ट गर्नुहोस्