२२ असार २०८३, सोमबार

डब्ल्यूएचओका महानिर्देशकद्वारा खोपकेन्द्रको अवलोकन

डब्ल्यूएचओका महानिर्देशकद्वारा खोपकेन्द्रको अवलोकन
फाइल तस्वीर।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले ललितपुरको पाटन माध्यमिक विद्यालयस्थित खोपकेन्द्रको शुक्रवार अवलोकन गरेका छन् । 

खोप केन्द्रबाट अहिले १५ महिनाभन्दा माथिका र १५ वर्षभन्दा कम उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप सञ्चालन भइरहेको छ । 

गत चैत २५ गतेबाट सरकारले देशभरका विभिन्न विद्यालयका खोपकेन्द्र स्थापना गरी टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरिरहेको छ । 

यो अभियान वैशाख १८ गतेसम्म सञ्चालन हुनेछ । 

त्यस्तै सरकारले खोपकेन्द्रहरूबाट टाइफाइडविरुद्धको खोप र कोरोनाबिरुद्धको खोप पनि सञ्चालन गरिरहेको जनाएको छ । 

खोपकेन्द्र अवलोकनका क्रममा महानिर्देशक गेब्रेयससले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग भेट गरेका थिए । 

भेटपछि सञ्चारकर्मीहरूसँग बोल्दै मेयर महर्जनले महानिर्देशक गेब्रेयससले नेपालले कोभिड–१९ विरुद्ध सफलता पाएको र सोही कामको अवलोकन गरेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्