२६ जेठ २०८३, मंगलबार

व्यापार घाटा १३ खर्ब नाघ्यो, निर्यात बढे पनि आयातको तुलनामा न्यून हिस्सा मात्रै

व्यापार घाटा १३ खर्ब नाघ्यो, निर्यात बढे पनि आयातको तुलनामा न्यून हिस्सा मात्रै
फाइल तस्वीर।

चालू आर्थिक वर्षको ९ महिनामा व्यापार घाटा १३ खर्ब रूपैयाँ नाघेको छ । 

यस्तो व्यापार घाटा गत आवको सोही अवधिको तुलनामा २८.४७ प्रतिशतले बढेको छ । गत वर्ष यो अवधिमा १० खर्ब १ रूपैयाँको मात्रै व्यापार घाटा थियो । 

यो वर्षको चैतसम्ममा नेपालमा विभिन्न देशबाट भित्रिएका वस्तुहरूको आयात १४ खर्ब ६६ अर्ब रूपैयाँको रहेको छ । यस्तो आयात पनि अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३१.७९ प्रतिशतले बढेको देखिएको छ । गत वर्षको यो अवधिमा नेपालमा भएको यस्तो आयात ११ खर्ब ११ अर्ब रूपैयाँको थियो । 

यो अवधिसम्ममा नेपालको निर्यात हिस्सा ९.१३ प्रतिशतको मात्रै छ । नेपालको कुल वैदेशिक व्यापार यो अवधिसम्ममा १६ अर्ब २७ करोड रूपैयाँ पुगेको छ । 

यस्तो वैदेशिक व्यापार यो वर्ष ३४.९१ प्रतिशतले बढेको भन्सार विभागले शुक्रवार सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । गत वर्षको यो अवधिमा नेपालको कुल वैदेशिक व्यापार १२ खर्ब रूपैयाँ थियो । 

निर्यात बढे पनि आयातको तुलनामा न्यून हिस्सा मात्रै

यो अवधिमा नेपालबाट निर्यात हुने वस्तु ६९.४४ प्रतिशत रहेको छ । 

गत वर्षको तुलनामा यो वर्ष बढेको निर्यात उल्लेख्य भए पनि आयातको तुलनामा न्यून हिस्सा मात्रै हो । साढे १४ खर्बभन्दा बढीको आयातमा एक खर्ब ६० अर्ब रूपैयाँको मात्रै निर्यात भएको तथ्यांकले देखाएको छ । यस्तो निर्यात गत वर्षको यो अवधिमा ९४ अर्ब रूपैयाँ मात्रै थियो । 

पेट्रोलियम पदार्थको आयात नै साढे २ खर्ब नाघ्यो 

यो अवधिमा पेट्रोलियम पदार्थको आयात साढे दुई खर्ब रूपैयाँ नाघेको छ । 

चैतसम्ममा नेपाल भित्रिएको पेट्रोलियम पदार्थको आयात दुई खर्ब ५७ अर्ब रुपैयाँको छ । यो रकम गत वर्षको तुलनामा यो वर्ष एक खर्ब ९ अर्ब रूपैयाँले बढेको हो । 

यस्तो आयात गत वर्षको तुलनामा यो वर्ष ७३.६४ प्रतिशतले बढेको देखिएको छ । गत वर्षको ९ महिनामा नेपालमा पेट्रोलियम पदार्थको आयात एक खर्ब ४८ अर्ब रूपैयाँको मात्रै थियो ।

salt training

कमेन्ट गर्नुहोस्