३० जेठ २०८३, शनिबार

रेनु दाहालले भरतपुरको मेयरबाट दिइन् राजीनामा

रेनु दाहालले भरतपुरको मेयरबाट दिइन् राजीनामा

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिएकी छन् ।

महानगर प्रमुखमा पुन: उम्मेदवार बन्ने तयारीमा रहेकी दाहालले सोही प्रयोजनका लागि शुक्रवार राजीनामा दिएकी हुन् ।

रेनुले बुझाएको राजीनामा उपमेयर पार्वती शाह ठकुरीले शुक्रवार नै स्वीकृत गरेकी छन् ।

निर्वाचन आचारसंहिताअनुसार पुन: उम्मेदवार बन्नका लागि पदबाट राजीनामा दिनुपर्ने हुन्छ ।

सत्ता गठबन्धनको भागबण्डामा भरतपुर महानगरपालिका माओवादीको केन्द्रको भागमा परेको छ ।

कांग्रेसको उम्मेदवार नहुने भएकाले यसपटक पनि रेनुको मुख्य प्रतिस्पर्धा एमाले उम्मेदवारसँग हुँदैछ ।

एमालेबाट भरतपुरमा विजय सुवेदी उम्मेदवार बन्दैछन् ।

salt training

कमेन्ट गर्नुहोस्