
नेपालमा कार्ड र भुक्तानी प्लेटफर्म प्रदायक कम्पनी स्मार्ट च्वाइस टेक्नोलोजीज (एससीटी)ले नयाँ लोगो सार्वजनिक गरेको छ ।
कम्पनीले लोगो सार्वजनिक गर्दै सेवाहरूमा सुधारको घोषणा समेत गरेको छ ।
नेपालबाट सञ्चालित यस कम्पनीले ‘क’ वर्गका वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थालाई विभिन्न प्रकारका कार्ड र भुक्तानी प्लेटफर्म उपलब्ध गराउँदै आएको छ ।
एससिटी नेपाललाई पहिलोपटक विल्कुलै नयाँ इन्टग्रेटेड शेयर्ड स्विचिङ पेमेन्ट नेटवर्क र डोमेस्टिक प्रोपाइटरी कार्ड योजनासँग परिचित गराउने पथप्रदर्शक रहेको छ ।
सन् २००१ मा स्थापित, एससिटी र एसिटी–नेटवर्क को रुपमा चिनिने स्मार्ट च्वाइस टोक्नोलोजी लिमिटेड, नेपाल राष्ट्रिय बैंकअन्तर्गत लाइसेन्स प्राप्त भुक्तानी सेवा अपरेटर (पिएसओ) हो ।
एससिटीले नेपालका अधिकांश वाणिज्य बैंकहरू, विकास बैंकहरू, पिएसपि(पेमेण्ट सर्भिस प्रोभाइडर) र अन्य वित्तीय संस्थाहरूलाई विभिन्न कार्डहरू र भुक्तानी प्लेटफर्महरू उपलब्ध गराउँछ ।
एससिटीले आफ्ना सेवाहरू र पहुँच विस्तार गर्न अन्तर्राष्ट्रिय भुक्तानी प्रोसेसर र योजनाहरू (युनियन पे इन्टरनेस्नल,पल्स नेटवर्क, र एफएसएस आदि) सँग रणनीतिक गठबन्धनमा पनि प्रवेश गरेको छ।