×

NIC ASIA

आयात निरुत्साहन गर्दासमेत एकै महिनामा भित्रियो ६ अर्बका गाडी

बैशाख ९, २०७९

Prabhu Bank
NTC
प्रतीकात्मक तस्वीर ।
Premier Steels

आयात बढेको र विदेशी मुद्राको सञ्चिति घटेको भन्दै नेपाल राष्ट्र बैंकले पुस ५ मै सवारीसाधनसहितका वस्तुको आयात गर्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो ।

Muktinath Bank

सवारीसाधनमा ५० प्रतिशत रकम बैंकमा धरौटी राखेर मात्रै गाडी आयात गर्न पाइने व्यवस्था गर्दा आयात निरुत्साहन हुने अनुमान राष्ट्र बैंकको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्र बैंकले यही अनुमानका आधारमा निजी सवारीसाधनको आयात निरुत्साहन गर्न नगद मार्जिनको व्यवस्था गरेको भए पनि उक्त नीतिले काम गरेन । थप कडाइ गर्न २१ चैतमा निजी गाडी आयातका लागि प्रतीतपत्र (एलसी) नखोल्न राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई निर्देशन नै दियो । 


Advertisment
Nabil box
Kumari

सरकारले मात्रै आयातमा रोक लगाउने व्यवस्था गर्न सक्ने भए पनि राष्ट्र बैंकको मौखिक निर्देशनलाई बैंकहरूले पालना गर्ने भनेका थिए । तर, आयात निरुत्साहन गर्दा समेत चैतमा भएको आयात अघिल्लो महिना फागुनको तुलनामा ७.९९ प्रतिशतले बढेको छ । 

Vianet communication

सरकारले आयात निरुत्साहन गर्ने नीतिअनुसार शुरुमै ५० प्रतिशतको नगद मार्जिन राख्नुपर्ने व्यवस्था गर्दा पनि सवारी आयात भने घटेको छैन । 

नेपाल भित्रिने सवारीसाधन क्षमताको आधारमा चारपांग्रेमा मूल्यको २२५ देखि ३०७ प्रतिशतसम्म र मोटरसाइकलको १०६ देखि १९३ प्रतिशतसम्म भन्सार महसुल लाग्छ । भन्सारमा चर्को राजस्व असुलेर प्रवेश बिन्दुमै महँगो बनाइएको भए पनि चैतमा ६ अर्ब रूपैयाँको थप सवारीसाधन आएका छन् ।

चालु आर्थिक वर्षको ९ महिनामा मात्रै नेपालमा ८२ अर्ब रूपैयाँको सवारीसाधन आयात भएको छ । यस्तो आयात गत वर्षको तुलनामा ११.०४ प्रतिशतले बढी हो । गत वर्ष ७३ अर्ब रूपैयाँको गाडी चैतसम्ममा आयात भएको छ । 

यस्तो गाडी आयात चैतमा मात्रै ६ अर्ब ६ करोड रूपैयाँको भित्रिएको देखिएको छ । फागुनमा ७५ अर्ब ९५ करोड रूपैयाँको आयात भएको यस्तो सवारीसाधन आयात ८२ अर्ब २ अर्ब रूपैयाँको आयात भएको तथ्यांकले देखाएको छ । 

यस्तो सवारी आयात गत माघमा ६ अर्ब ७९ करोड रूपैयाँको भित्रिएको छ । सरकारको नीतिको कारण माघको तुलनामा फागुनमा जम्मा ७३ करोड रूपैयाँले मात्रै घटेको देखिन्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x