३१ जेठ २०८३, आइतबार

सुरक्षामा आवश्यक परे गृह मन्त्रालयले निजी हेलिकप्टर प्रयोग गर्ने

सुरक्षामा आवश्यक परे गृह मन्त्रालयले निजी हेलिकप्टर प्रयोग गर्ने
प्रतिकात्मक तस्वीर

गृह मन्त्रालयले स्थानीय तह निर्वाचनमा सुरक्षा व्यवस्था मिलाउन आवश्यक परे निजी क्षेत्रमा हेलिकप्टर पनि प्रयोग गर्ने भएको छ ।

सडक नपुगेका दुर्गम स्थानमा मतपत्र ढुवानी, मतदान क्षेत्रमा सुरक्षाको प्रबन्ध तथा मतपेटिकाको ओसारपसारमा हेलिकप्टरको प्रयोग गर्ने तयारी सरकारको छ । 

त्यसको तयारी गर्न गृह मन्त्रालयमा शुक्रवार सरकारी अधिकारी र वायुसेवा सञ्चालक संघमा आवद्ध विभिन्न एयरलाइन्सका प्रतिनिधिको बैठक बसेको हो । स्थानीय निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित तरिकाले सम्पन्न गर्न सबै प्रकारको सुरक्षाको चाँजोपाँजो मिलाउनका लागि आवश्यक परेमा हवाइ सेवा पनि तत्काल उपलब्ध हुने गरी तैनाथ अवस्थामा राख्न बैठक बसेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

बैठकले स्थानीय तह निर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाउने प्रयोजनमा हेलिकप्टर सेवालाई प्राथमिकताका आधारमा प्रयोग गर्ने निर्णय गरेको छ ।

निर्वाचन सुरक्षामा निजी हेलिकप्टर प्रयोग गर्दा पालो भने वायुसेवा सञ्चालक संघले मिलाएर त्यसको जानकारी गृह मन्त्रालयलाई गराउने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव पोखरेलले जानकारी दिए ।

बैठकमा श्री एयरलाइन्ससँग रहेको एमआई–१७ हेलिकप्टर निर्वाचन प्रयोजनमा प्रयोग गर्न कुनै पनि बखत आवश्यक पर्ने भएकाले मन्त्रालयलाई आवश्यक परेको बखत तुरुन्त सेवा उपलब्ध हुने गरी तैनाथ अवस्थामा राख्ने निर्णय भएको छ । 

गृह प्रवक्ता पोखरेलको अध्यक्षतामा भएको बैठकमा मन्त्रालयका उपसचिवद्वय गोमादेवी चेम्जोङ र वसन्त भट्टराई, नेपाली सेनाका महासेनानी सञ्जय देउजा, वायु सेवा सञ्चालक संघका कमलेशकुमार वर्मा र अल्टिच्युड एयर, श्री एयरलाइन्स, सिम्रीक एयर, हेलि एभरेस्ट, फिस्टेल एयर, प्रभूू हेलिकोप्टर, मनाङ एयर र एयर डाइनेस्टिका प्रतिनिधिको सहभागिता थियो ।

salt training

कमेन्ट गर्नुहोस्