०८ साउन २०८३, शुक्रबार

भरतपुर महानगरबाट रेनु दाहाललाई बिदाइ गरियो

भरतपुर महानगरबाट रेनु दाहाललाई बिदाइ गरियो

 सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा मेयर पदमा फेरि उठ्ने भएपछि राजीनामा दिएकी भरतपुर महानगरपालिकाकी मेयर तथा माओवादी केन्द्रकी नेतृ रेनु दाहालको बिदाइ गरिएको छ ।  कार्यवाहक प्रमुख  पार्वती शाह ठकुरीको उपस्थितिमा शुक्रबार महानगरपालिकाले दाहाललाई बिदाइ गरेको हो ।  सोही अवसरमा अर्को कार्यकाल चुनाव लड्न लागेका वडाअध्यक्ष तथा वडा सदस्यहरूलाई पनि महानगरपालिकाले बिदाइ गरेको थियो । 

कार्यवाहक प्रमुख पार्वती शाह ठकुरी र प्रमुख प्रशासकीय अधिकृत रामबन्दु सुवेदीले दाहालसहित वडाअध्यक्षहरू प्रकाश दवाडी ,चित्रसेन अधिकारी , विष्णुराज महतो  ,राजेन्द्रमणि काफ्ले, विजय भुजेल लगायतलाई खादा लगाएर बिदाइ गरेका थिए । 

सो क्रममा कार्यबाहक प्रमुख ठकुरीले प्रमुख  तथा अन्य वडाअध्यक्षहरूलाई आसन्न निर्वाचनमा विजयी भई पुनः स्वागत गर्न आफू आतुर रहेको भन्दै शुभकामना दिइन् ।  सो क्रममा दाहालले आफूले आसन्न स्थानीय निर्वाचनमा  उम्मेदवारी दिने योजनाका साथ राजीनामा गरी निर्वाचनमा होमिएको बताउँदै कार्य सम्पादनको ५ वर्षको अनुभूतिसहितको मन्तव्य राखेकी थिइन् । 
दाहालले भरतपुर महानगरपालिका देशकै पालिकाहरुमा अब्बल बन्न सकेको भन्दै खुसी व्यक्त गरिन् । यो अवधिमा भरतपुर महानगरपालिकाले महानगरको समग्र विकासमा ठूलो छलाड्ग मारेको उनको भनाइ थियो । 

salt training

कमेन्ट गर्नुहोस्