१० साउन २०८३, आइतबार

विवेकशीलबाट सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिकाको अध्यक्षमा उप्रेती उम्मेदवार

बैशाख १०, २०७९
विवेकशीलबाट सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिकाको अध्यक्षमा उप्रेती उम्मेदवार


विवेकशील साझा पार्टीले सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिकाको अध्यक्ष पदमा दिपक प्रसाद उप्रेतीलाई अगाडि सारेको छ। लिसंखु पाखर गाउँपालिका वडा नं. ३ का स्थायी बासिन्दा दिपक प्रसाद उप्रेती विवेकशील साझा पार्टीको केन्द्रीय सदस्य हुन्। 

२०५९ सालमा बुद्धोदय उच्च माध्यमिक विद्यालय लिसंखुबाट एस. एल. सी. उत्तीर्ण गरेका ३५ वर्षीय उप्रेतीले सप्लाइ चेन म्यानेजमेन्टमा स्नातकोत्तर (एमबिए) गरेका छन्। उप्रेतीले कतार, युएई, कुवेत जस्ता द्रुत गतिमा विकास गरिरहेका देशका बहुराष्ट्रिय कम्पनीहरूबाट व्यवस्थापकीय तहमा १३ वर्ष भन्दा लामो कार्य अनुभव हासिल गरेका छन्।  
 

salt training

कमेन्ट गर्नुहोस्