११ साउन २०८३, सोमबार

चुनावमा गठबन्धनको हस्तक्षेप : स्थानीय सहमति खारेज गर्दै प्रदेशबाटै सिट बाँडफाँट

बैशाख १०, २०७९
चुनावमा गठबन्धनको हस्तक्षेप : स्थानीय सहमति खारेज गर्दै प्रदेशबाटै सिट बाँडफाँट
प्रतिकात्मक तस्वीर

प्युठानको झिमरुक गाउँपालिकामा सत्तारुढ गठबन्धन भित्रका दलले छुट्टाछुट्टै चुनाव लड्ने भनेर गरेको सहमतिलाई लुम्बिनी प्रदेश गठबन्धनले खारेज गरिदिएको छ ।

गठबन्धनको लुम्बिनी प्रदेश संयन्त्रले प्रदेशबाटै सिट बाँडफाँट गर्दै गठबन्धनमा प्रतिबद्ध हुन निर्देशन गरेको छ ।

जिल्ला अध्यक्ष र सचिवलाई परिपत्र गर्दै नेपाली कांग्रेसका सभापति अमरधोज पुन, नेकपा माओवादी केन्द्रका अध्यक्ष सुदर्शन बराल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष मेटमणि चौधरी र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष वद्रे आलमले गाउँपालिका अध्यक्षसहित ४ वडाध्यक्ष राष्ट्रिय जनमोर्चालाई भाग लगाएका छन् ।

गाउँपालिकामा माओवादीले उपाध्यक्ष र १ वडाध्यक्ष, कांग्रेसले ३ वडाध्यक्ष पाउने भएको छ । 

सबै वडामा सबै दलको प्रतिनिधित्व हुने गरी उम्मेदवार चयन गर्ने र झिमरुक गाउँपालिकाका लागि जिल्ला तथा पालिका बैठकको नेतृत्व राष्ट्रिय जनमोर्चाले गर्ने परिपत्र गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्