०३ साउन २०८३, आइतबार
स्थानीय चुनाव

६ महानगर र ४ नगरपालिकाको मतपत्र वैशाख १७ पछि मात्रै छापिने

बैशाख १०, २०७९
६ महानगर र ४ नगरपालिकाको मतपत्र वैशाख १७ पछि मात्रै छापिने

निर्वाचन आयोगले ६ महानगरपालिकामा उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित भइसकेपछि मात्र मतपत्र छाप्ने भएको छ ।

निर्वाचन आयोगले शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अघिल्लो पटकको निर्वाचनका बेलाको निर्णय र अभ्यासको आधारमा मतपत्र छाप्ने निर्णय भएको बताए । 

‘अघिल्लो निर्वाचनमा १० प्रकारको मतपत्र छापेर पठाइएको थियो । यस पटक ७८ प्रकारका मतपत्र डिजाइन छापेर पठाएका छौं । यसमा ७७ जिल्लाका ७७ प्रकारका मतपत्र र भक्तपुर जिल्लाको ४ नगरपालिका र ६ महनगरपालिकाका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएपछि मात्रै मतपत्र छापिन्छ,’ उनले भने । 

महानगर र भक्तपुरको ४ नगरपालिकामा धेरै उम्मेदवार हुन सक्ने र उनीहरूलाई दिनका लागि पर्याप्त चुनाव चिह्नसहितको मतपत्र छाप्नुपर्ने भएकाले उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मात्रै मतपत्र छाप्न लागिएको आयोगले बताएको छ । 

‘यसो हुँदा राष्ट्रिय दलहरूले समेत जुनजुन पदमा उम्मेदवारी दिन्छन्, त्यहीअनुसार चुनाव चिह्न रहन्छ,’ थपलियाले भने । 
 

salt training

कमेन्ट गर्नुहोस्