२८ जेठ २०८३, बिहीबार

एमालेबाट पोखरामा पौडेल र भरतपुरमा विजय सुवेदी मेयरकाे उम्मेदवार

बैशाख १०, २०७९
एमालेबाट पोखरामा पौडेल र भरतपुरमा विजय सुवेदी मेयरकाे उम्मेदवार

नेकपा एमालेले पोखरा महानगरपालिकामा दीपक पौडेललाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै उपमेयरमा मञ्जुदेवी गुरुङलाई टिकट दिने निर्णय भएको छ । 
यस्तै वीरगन्ज नगरपालिकामा विजय सरावगीलाई मेयरको उम्मेदवार बनाउने निर्णय भएको प्रचारविभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।  वीरगन्जमा  उपप्रमुखको टुंगो लगाउन भने बाँकी छ 

यसैगरी भरतपुरमा विजय सुवेदीलाई मेयरको उम्मेदवार बनाउने निर्णय भएको छ भने उपमेयरको टुंगो लाग्न बाँकी छ।  सुवेदीले मेयर बन्नका लागि यसअघि नै प्रदेशसभा सदस्यबाट राजीनामा दिइसकेका छन् । 
यसैगरी ललितपुर महानगरपालिकामा हरिकृष्ण व्यञ्जनकारलाई मेयर र  मञ्जली शाक्य बज्राचार्यलाई उपमेयरको उम्मेदवार बनाउने निर्णय भएको छ । 

यता काठमाडौंमा मेयरको उम्मेदवार केशव स्थापित र सुनिता डंगोल उपमेयरको उम्मेदवार रहेकी छन् । एमालेको शनिबारको सचिवालय बैठकले भने विराटनगरमा मेयर तथा उपमेयरको उम्मेदवार टुंगो लगाउन सकेको छैन । 
 

salt training

कमेन्ट गर्नुहोस्