२८ जेठ २०८३, बिहीबार

तेह्रथुममा ४ पालिकामा एमालेका पूरानै अनुहार बने उम्मेदवार

बैशाख ११, २०७९
तेह्रथुममा ४ पालिकामा एमालेका पूरानै अनुहार बने उम्मेदवार

नेकपा एमाले तेह्रथुमका सबै पालिकामा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि  उम्मेदवार टुंगो लगाएको छ ।

२ नगरपालिका ४ गाउँपालिका सहित ४३ वडामा एमालेले उम्मेदवारको टुंगो लगाएको हो । 

निर्वाचन आयोगले आज र भोलिका लागि उम्मेदवारी दर्ताको कार्यतालिका सार्वजनिक गरेको छ । सोही बमोजिम एमालेले आजै उम्मेदवारी समेत दर्ता गर्ने भएको छ । 

तेह्रथुममा आठराई गाउँपालिका अध्यक्ष र लालीगुराँस नगरपालिका अध्यक्ष बाहेक ४ वडा स्थानीय तहमा पुरानै अनुहारलाई प्रमुखमा दोहोर्याएको छ।

आठराई गाउँपालिकामा रामचन्द्र थपलिया, उपाध्यक्षमा रुदादेवी कन्दङवा, फेदाप गाउँपालिकामा अध्यक्षमा हरी प्रसाद चोङबाङ्ग, उपाध्यक्षमा गितादेवी थापा, मेन्छायायेम गाउँपालिकामा यादव बहादुर खापुङ, उपाध्यक्षमा  प्रेमलता गौतम, लालीगुराँस नगरपालिकामा अध्यक्ष गणेश सेने, उपाध्यक्षमा छविमाया तिम्सिना, छथर गाउँपालिका अध्यक्षमा सन्तविर तिगेला उपाध्यक्षमा तारा खरेल ढकाल र म्याङलुङ्ग नगरपालिकाको मेयरमा संजयकुमार तुम्वाहाम्फे र जमुना सुवेदीलाई चयन गरेको छ । 

लालीगुराँस नगरपालिकामा गत चुनावमा एमालेले मेयर र उपमेयर दुवै पदमा पराजय भोगेको थियो । 

यस्तै आठराई गाउँपालिकाका अध्यक्ष बिष्णु बिक्रम सुब्बा नेकपा एकीकृत समाजवादी तिर लागिसकेका छन्  । 

२०७४ को स्तानीय तहको निर्वाचनमा जिल्लाका ४३ वडा मध्ये २२ वटा वडा एमालेले एक्लै जीत निकालेको थियो भने ६ स्थानीय तहमा ५ प्रमुख र ४ उपप्रमुखमा जीत निकालेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्