×

NMB BANK
NIC ASIA

डिशहोमले ल्यायो क्याम्पस वाईफाई सोलुसन, क्षमता उच्च, धेरै जना भएको ठाउँमा उपयोगी

बैशाख १०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

डिशहोम फाइबरनेटले धेरै जना मानिसहरु भएको क्षेत्रका लागि उपयोगी हुने इन्टरनेट प्रविधि क्याम्पस वाईफाई सोलुसन बजारमा ल्याएको छ । भृकुटीमण्डपमा जारी सूचना प्रविधि मेला ‘क्यान इन्फोटेक’मा शनिबार यो प्रविधिको कम्पनीले सार्वजनिक गरेको हो । 

Muktinath Bank

कम्पनीका प्रवन्ध निर्देशक सुदीप आचार्यले डिशहोम फाइबलनेटको स्टलमा आयोजित कार्यक्रममा सिक्सजी प्रविधिमा आधारित ह्वावे प्रविधिको राउटर लन्च गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले यस किसिमको प्रविधि ल्याउने डिशहोम पहिलो रहेको बताउँदै यसअघि पनि धेरै प्रविधिहरु भित्राउन आफूहरु पहिलो हुने गरेको अनुभव सुनाए ।


Advertisment
Nabil box
Kumari

आचार्यले डेढ बर्षको छोटो अवधिमा डिशहोम फाइबरनेटका एक लाख २० हजार ग्राहक पुगेको बताउँदै नयाँ प्रविधि भविष्यलाई दृष्टिगत गरेर आफूहरुले सार्वजनिक गरेको बताए । डीटीएच (डाइरेक्ट टू होम) प्रविधिमा टेलिभिजन शुरू गर्दा पनि आफूहरुले भविष्य हेरेर नै गरेको र सो प्रविधि अहिले लोकप्रिय रहेको उनले उदाहरण दिँदै क्याम्पस  वाईफाई सोलुसन पनि उपभोक्ताको आवश्यक र रुचीमा पर्ने बताए । 

Vianet communication
Laxmi Bank

डिशहोमले ल्याएको क्याम्पस वाईफाई सिक्स विशेषगरी धेरै मानिस काम गर्ने बैंक, बीमा, सरकारी कार्यालय, विद्यालय तथा क्याम्पस, होटल, रेष्टुरेन्ट आदि जस्ता शैक्षिक संस्था, विज्ञान तथा अनुसन्धानमूलक संस्था, व्यवसायिक संस्था, सुपरमार्केट, रंगशालाका लागि उपयोगी हुन्छ । उच्च क्षमताको यो वायरलेस प्रविधिले एकल नेटवर्कमा विशेष क्षेत्रभित्र सिग्नल फैलाउन सशक्त भूमिका खेल्छ । 

क्याम्पस वाईफाई सोलुसन्सका लागि आउने एक्सेस प्वाइन्ट डिभाइस (एपी) धेरै प्रकारका हुन्छन् । यो वाईफाई सिक्स प्रविधिमा आधारित भएकाले यसमा एआई (आर्टिफिसियल टेक्नोलोजी) पनि हुन्छ । एआईले व्याण्डविथलाई अटो क्याप गरिदिने भएकाले चलिरहेको कुनै वेभसाइट, भिडियो अवरुद्ध हुन पाउँदैन । 

यसमा सिमलेस रोमिङ हुने भएकाले एउटा राउटरबाट अर्को राउटरमा जाँदा गरिरहेको फोन काटिन पाउँदैन । अटो स्वीच भएर अटो कनेक्ट हुने कम्पनीका प्राविधिकहरुको भनाइ छ ।

क्याम्पस वाईफाई सोलुसनको सबैभन्दा ठूलो विशेषताको रुपमा रहेको धेरै जनाले एकै पटक वाईफाई चलाउन मिल्नु हो भन्दै उनीहरुले एउटै एपीबाट एक पटकमा दुई सय जनाभन्दा बढी कनेन्ट भएर वाईफाई चलाउन सक्ने बताउँछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान)ले टिकटकलाई करको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ । व्यावसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न सकेको अवस्थामा देशको अर्थतन्त्रमा सहयोग पुग्ने क्यानको विश्व...

कात्तिक ९, २०८०

ओटीटी (ओभर द टप) प्रति कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा निकै आकर्षण बढ्यो । घरमै रहन बाध्य दर्शकले मनोरञ्जनको विकल्पका रूपमा ‘डिजिटल प्लेटफर्म’ रोजे ।  अन्तर्राष्ट्रियरूपम...

कात्तिक २७, २०८०

सामाजिक सद्भाव बिथोलिने गतिविधि बढेको निष्कर्ष निकाल्दै सरकारले सामाजिक सञ्जाल ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो समय टिकटकबाट सामाजिक, धार्मिक तथा साम्प्रदायिक सम्बन्धलाई खल्बल्याउने गतिविधि ...

कात्तिक ३, २०८०

नेपाल टेलिकमले नेपालीहरूको महान चाड बडादशैंको अवसरमा आफन्त र साथीभाइलाई एकैपटक शुभकामना सन्देश पठाउन सकिने व्यवस्था गरेको छ । यस प्रकारको सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा पहिलेदेखि नै सञ्चालनमा रहेको टेल...

असोज २५, २०८०

नेपाल टेलिकमले अटम अफर सार्वजनिक गरेको छ । असोज २५ गते बहिीवारदेखि लागू हुनेगरी टेलिकमले अटम अफर सार्वजनिक गरेको हो । यस अफर अन्तर्गत कम्पनीले विभिन्न भ्वाइस तथा डाटा प्याक अझ आकर्षक बनाइएको कम्पनीले ज...

फागुन ६, २०८०

काठमाडौंको द ब्रिटिस कलेज (टीबीसी) र प्रिक्सा टेक्नोलोजीबीच साझेदारी (एमओयूम) मा हस्ताक्षर भएको छ ।​ आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङलाई शिक्षासँग जोड्न ब्रिटिस कलेज र प्रिक्सा टेक्नोलोजीबीच रणनी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x