०८ साउन २०८३, शुक्रबार

रुसले युद्ध जितिरहेको बेलायतका प्रधानमन्त्रीको संकेत

बैशाख ११, २०७९
रुसले युद्ध जितिरहेको बेलायतका प्रधानमन्त्रीको संकेत

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनमा रुसले चलाएको विशेष सैन्य कारवाहीमा रुस विजयी हुन सक्ने बताएका छन् । 

एकजना सञ्चारकर्मीले जोनसनलाई रुसको विजय हुन सक्ला भनी प्रश्न सोधेपछि जोनसनले वास्तविक रूपमा त्यस्तो अवसर रहेको बताए । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनीहरूलाई पिँध्न दृढनिश्चयी रहेको पनि उनले बताए । 

उनले भने, ‘रुसको विजय वास्तविक सम्भावना रहेको दुःदख सम्भावना हो । पुटिनसँग विशाल सेना छ र उनी अहिले राजनीतिक रूपमा कठिन परिस्थितिमा छन् । उनले अहिलेको जस्तो आर्टिलरी प्रहार गर्दै युक्रेनीहरूलाई क्रमशः पिँध्दै लग्ने काम जारी राख्नेछन् । उनले मरिउपोलसम्मको स्थलमार्ग सुरक्षित पार्न लागिसकेका छन् । अहिलेको परिस्थिति पूर्वानुमान गर्न नमिल्ने छ । हामीले यथार्थ आकलन गर्नुपर्ने हुन्छ ।’

फाइनान्सियल टाइम्स पत्रिकाले जोनसनको यो अभिव्यक्तिले जी७ मुलुकहरूमा फाटो आएको संकेत दिएको विश्लेषण गरेको छ । 

पत्रिकामा लेखिएको छ, ‘रुसले सैन्य कारवाहीमा सफलता पाउन सक्ने भनी स्वीकार गर्ने पहिलो प्रमुख पश्चिमी नेता जोनसन नै हुन् । केही हप्ताअघिसम्म पनि उनी रुसको हार हुँदैछ भन्ने विषयमा ढुक्क थिए । जी७ मुलुकका नेताहरूको एकीकृत मोर्चामा पनि फाटो आएको देखिन्छ ।’ 
 

salt training

कमेन्ट गर्नुहोस्