३० असार २०८३, मंगलबार

१८ करोड राजस्व चुहावट गरेको भन्दै शुभलक्ष्मीका सञ्चालकसहित ५ जनाविरुद्ध मुद्दा

बैशाख ११, २०७९
१८ करोड राजस्व चुहावट गरेको भन्दै शुभलक्ष्मीका सञ्चालकसहित ५ जनाविरुद्ध मुद्दा

राजस्व अनुसन्धान विभागले काठमाडौंको शुभलक्ष्मी इन्टरनेशनलसहित विभिन्न फर्मका सञ्चालक मनिषकुमार अग्रवालसहित ५ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । 

मनिषसहित हितेशकुमार अग्रवाल, प्रमित महर्जन, बिमल अग्रवाल, दीपेन्द्रकुमार अग्रवालविरुद्ध विभागले आइतवार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो । 

उनीहरूले १८ करोड ५ लाख ६८ हजार ६४३ रुपैयाँ राजस्व चुहावट गरेको भन्दै विभागले मुद्दा दर्ता गरेको हो । 

राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त, नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि कर विजक खरीद गरी वित्तीय विवरणहरू तथा आयविवरणहरू तयार गरेको र तिर्नुपर्ने कर नतिरी राजस्व चुहावट गरेको भन्दै उनीहरूविरुद्ध मुद्दा दर्ता गरेको विभागले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्