
सीके राउत नेतृत्वको जनमत पार्टीले विराटनगरको मेयरमा उम्मेदवारी दर्ता गराएको छ ।
पार्टीका तर्फबाट अरुणकुमार मण्डलले मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् ।
विराटनगरको विकास गर्नका लागि उम्मेदवारी दिएको मण्डलले बताए ।
भ्रष्टाचारसमेत बढेकाले त्यसको नियन्त्रण गर्न पार्टीले उम्मेदवारी दिएको उनको भनाइ छ ।
उनी जनमत पार्टीको महानगर अध्यक्ष हुन् ।