१७ असार २०८३, बुधबार

कैलालीको मुक्त कमैया शिविरमा भीषण आगलागी

बैशाख ११, २०७९
कैलालीको मुक्त कमैया शिविरमा भीषण आगलागी

 कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ७ स्थित विपतपुर मुक्तकमैया शिविरमा भीषण आगलागी भएको छ ।

आगलागीबाट पूरै शिविर जलेर नष्ट भएको छ ।

७२ भन्दा घरधुरी रहेको शिविरमा भएको आगलागी अझै नियन्त्रणमा आइसकेको छैन । गहुँको नलमा लगाएको आगो हावाले उडाएर बस्तीमा सल्किएको शिविरका भलमन्सा हिँगुराम चौधरीले सुनाए ।

उनले रुँदै भने, ‘हजुर हामीलाई बचाऊ, केही बाँकी रहेन । लत्ता कपडा, अन्न, पशु चौपाया सबै जले ।’

salt training

कमेन्ट गर्नुहोस्