३० जेठ २०८३, शनिबार

सीएनएन लेख्छ– रुसले पश्चिमको प्रतिबन्धलाई सफलतापूर्वक झेल्यो

बैशाख ११, २०७९
सीएनएन लेख्छ– रुसले पश्चिमको प्रतिबन्धलाई सफलतापूर्वक झेल्यो

सीएनएनले अन्तर्वार्ता लिएका विज्ञहरूले पश्चिमी प्रतिबन्धलाई रुसले सफलतापूर्वक झेलेको बताएका छन् । 

पश्चिमी प्रतिबन्धका बाबजूद रुसको सार्वजनिक क्षेत्रमा नयाँ रोजगारी सिर्जना भइरहेका छन् । 

रुसको वाहन उद्योगले राष्ट्रिय उद्योगले उत्पादन गरेका पाटपुर्जा प्रयोग गर्न थालेका छन् । अनि रकम भुक्तानी गराउने विदेशी प्रणालीहरूलाई स्वदेशी मिर प्रणालीले विस्थापित गरिरहेको छ । 

रुसको केन्द्रीय बैंकले अपनाएको उपायका कारण देशको आर्थिक प्रणाली धराशायी हुन पाएन । बैंकले ब्याजदर बढायो अनि पूँजी नियन्त्रणको प्रावधान ल्यायो । 

केही दिनअघि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी प्रतिबन्धका कारण भइरहेको चरम दबाबलाई रुसी अर्थतन्त्रले सफलतापूर्वक झेलेको बताएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्