१४ असार २०८३, आइतबार

एमाले इलाममा तनाव : पार्टी कार्यालयमा तालाबन्दी, गेटमा पर्खाल

बैशाख १२, २०७९
एमाले इलाममा तनाव : पार्टी कार्यालयमा तालाबन्दी, गेटमा पर्खाल

उम्मेदवार  चयनको  विषयलाई  लिएर  नेकपा  एमाले  इलामको  पार्टी  कार्यालयमा  तालाबन्दी  गरिएको  छ  ।

पार्टीको  केन्द्रबाट  नगर  प्रमुख  पदमा  नरेन्द्रनाथ  भट्टराईको  नाम  उम्मेदवारमा  सिफारिस  भएकोप्रति  आपत्ति जनाउँदै नगर कमिटीका पदाधिकारी र  सदस्यहरूले  सामूहिक  राजीनामा  दिँदै  शनिबार रातिदेखि जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् ।

तालाबन्दी आइतबार पनि लाग्यो ।

जनाधार  नभएको  नेतालाई  चुनावी  अभियानमा  लिएर  जान  नसकिने  भन्दै  सामूहिक राजीनामा दिएको जनाइएको छ । जित्ने  उम्मेदवारलाई  षड्यन्त्रपूर्वक  पाखा  लगाउने  काम  भएको  भन्दै  जिल्ला  पार्टी  कार्यालयमा तालाबन्दी गर्नुपरेको सङ्घर्षमा उत्रेका युवाको भनाइ छ । नगर कमिटी र जिल्ला कमिटीले प्राथमिकताको क्रम तोकेर तीन  जनाको  नाम  सिफारिस  गरेको  थियो  ।

जिल्ला कमिटीले धिरेन चेम्जोङको नाम एक नम्बर प्राथमिकताको क्रममा राखेर सिफारिस गरेको थियो । दुई नम्बरमा कृष्ण श्रेष्ठ र तीन नम्बरमा नरेन्द्रनाथ भट्टराईको नाम सिफारिस गरिएको एमाले इलामले जनाएको छ ।

नगरमा  चेम्जोङको  माहोल  भएको  र  जिल्ला कमिटीले पनि १ नम्बर प्राथमिकताको क्रम तोकेर पठाए पनि ३ नम्बरमा रहेका भट्टराईको  नाम  सिफारिस  भएकाले  नगर  कमिटीले   सामूहिक   राजीनामा   दिएको   एमाले  नगर  कमिटी  सचिव  ठाकुरनारायण  श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठले पार्टीले निर्णय नसच्याएसम्म तालाबन्दी जारी रहने जानकारी दिए । आक्रोशित युवाले पार्टी कार्यालयको  गेटमा  ढुङ्गाको  पर्खाल  नै  लगाएका छन् । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्