२९ जेठ २०८३, शुक्रबार

रुरुक्षेत्र गाउँपालिका अध्यक्षमा एमालेबाट हिमाल श्रेष्ठ र माओवादीका यदु ज्ञवाली भिड्ने

बैशाख १२, २०७९
रुरुक्षेत्र गाउँपालिका अध्यक्षमा एमालेबाट हिमाल श्रेष्ठ र माओवादीका यदु ज्ञवाली भिड्ने

गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र माओवादी केन्द्रबीच मुख्य प्रतिष्पर्धा हुने भएको छ ।

नेकपा एमालेले हिमाल श्रेष्ठलाई उम्मेदवार बनाएको छ भने सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका युवा नेता यदु ज्ञवालीलाई अगाडि सारेको छ । 

श्रेष्ठ नेकपा एमालेको जिल्ला कमिटी सदस्य र रुरुक्षेत्रका इन्चार्ज हुन् ।

अखिल क्रान्तिकारीको राजनीति गरेका ज्ञवाली माओवादी जिल्ला कमिटी सदस्य छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि ज्ञवाली अध्यक्षको उम्मेदवार दिए । 

उपाध्यक्षमा एमालेले मीना गौतमलाई अगाडि सारेका छ भने सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी दुर्गा ज्ञवाली चुनावी मैदानमा उत्रिएकी छिन् ।

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली मतदाता रहेको यो पालिकामा गत निर्वाचनमा एमाले विजयी भएको थियो ।

एमालेका उम्मेदवार नीलकण्ठ गौतमले ५ हजार २२ मत प्राप्त गरेर विजयी हुँदा माओवादीका यदु ज्ञवालीले ३ हजार ७ सय ६३ मत प्राप्त गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्