२१ असार २०८३, आइतबार

हेटौंडा उपमहानगरको उपप्रमुखमा कांग्रेसबाट राजेश बानियाँ उम्मेदवार बन्ने

बैशाख १२, २०७९
हेटौंडा उपमहानगरको उपप्रमुखमा कांग्रेसबाट राजेश बानियाँ उम्मेदवार बन्ने

नेपाली कांग्रेसले हेटौंडा उपमहानगरपालिकाको उपप्रमुखमा राजेश बानियाँलाई उम्मेदवार बनाउने भएको छ । 

नेपाली कांग्रेस बागमती सचिव राजु नेपालद्वारा जारी विज्ञप्तिमा कांग्रेसबाट हेटौंडाको उपमेयरमा बानियाँ र थाहा नगरपालिकाको उपमेयरमा भरत गोपालीलाई उम्मेदवार बनाउने निर्णय गरिएको उल्लेख छ । 

सत्ता गठबन्धन दलबीचको सहमतिअनुसार हेटौंडा उपमहानगरपालिकामा यसअघिनै नेकपा (एकीकृत समाजवादी) को तर्फबाट हालकी उपमेयर मीनाकुमारी लामालाई मेयरको उम्मेदवार बनाउने निर्णय भइसकेको छ । 

salt training

कमेन्ट गर्नुहोस्