
नेपाली कांग्रेसले तीनवटै महानगरमा प्रमुख पदको उम्मेदवार टुंगो लगाएको छ ।
कांग्रेसबाट काठमाडौंमा सिर्जना सिंह, ललितपुरमा चिरिबाबु महर्जन र विराटनगरमा नागेश कोइराला मेयर पदको उम्मेदवार बन्ने पक्का भएको बालुवाटार स्रोतले जानकारी दियो ।
महर्जन बहालवाला मेयर हुन् भने अन्य दुई महानगरको मेयरका लागि नयाँ अनुहार हुन् । सिर्जना कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुन् ।
नागेश नेता शेखर कोइराला पक्षधर रहेको बताइएको छ । विराटनगर शेखरको गृहनगर पनि हो ।
उम्मेदवारी मनोनयनको दोस्रो तथा अन्तिम दिन मात्र कांग्रेसले उम्मेदवार टुंगो लगाएको हो ।