
नेकपा एमाले ललितपुर महानगरपालिका मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार र उपमेयरकी उम्मेदवार मञ्जली शाक्य (आस्था) ले शताब्दीपुरुष सत्यमोहन जोशीसहित वामपन्थी नेताद्वय सिद्धिलाल सिंह र स्नेहलता श्रेष्ठसँग आशीर्वाद लिएका छन् ।
आज मनोनयन गर्ने दिन बिहान तीनैजनाको निवासमा पुगेर उनीहरू आशीर्वाद लिएका थिए ।
उनीहरू आशीर्वाद लिन बिहान ९ बजे सत्यमोहन जोशीको निवासमा पुगेका थिए । अस्वथ्यताको कारण किस्ट अस्पताल भर्नापछि आइतवारमात्रै डिस्चार्ज भएका जोशीले एमालेका मेयरका उम्मेदवार व्यञ्जनकार र उपमेयर उम्मेदवार शाक्यलाई विजयको शुभकामना दिँदै आशीर्वाद दिएका थिए ।
त्यस्तै वामपन्थी नेताद्वय सिंह र श्रेष्ठले पनि आशीर्वाद दिएका थिए ।