
भरतपुर महानगरपालिका प्रमुखमा एमाले उम्मेदवार विजय सुवेदीले मनोनयन दर्ता गराएका छन् ।
मदन भण्डारी र जीवराज आश्रित तथा बीपी कोइरालाको शालिकमा माल्यार्पण गरी निर्वाचन कार्यालयमा पुगेर सुवेदीले सोमवार दिउँसो उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।
सुवेदी पार्टी कार्यालयमै रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिकमा माल्यार्पण गरी क्यान्सर अस्पताल प्राङ्गणमा रहेको बीपी कोइरालाको शालिकमा माल्यार्पण गर्न पुगेका थिए ।
भरतपुरमा एमालेलाई राप्रपाले पनि सघाएको छ । उपमेयर भने राप्रपाको भागमा परेको छ ।
सुवेदी जनतामा लोकप्रिय छवि बनाएका नेता हुन् ।
भरतपुरमा कांग्रेसले माओवादी केन्द्रलाई सघाएको छ । सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी रेनु दाहाल उम्मेदवार बन्दैछिन् ।
भरतपुर माओवादीको भागमा परेपछि कांग्रेस कार्यकर्तामा तीव्र असन्तुष्टि रहेका बेला बीपीको शालिकमा माल्यार्पण गरेर सुवेदीले महत्त्वपूर्ण सन्देश दिएका छन् ।
आफूलाई टिकट एमालेले दिए पनि सबैको साझा उम्मेदवार रहेको उनले बताउँदै आएका छन् ।