
महोत्तरीको बर्दिवास नगरपालिकामा नेपाली कांग्रेसले दुईजनालाई मेयरको टिकट दिएपछि तनाव भएको छ।
प्रह्लाद क्षेत्री र चिरञ्जीवी हमाल दुवैले मेयरको टिकट पाएपछि कुन आधिकारिक हो भन्ने विषयमा विवाद उत्पन्न भएको हो ।
दुवैजना टिकट लिएर निर्वाचन कार्यालय पुगेका छन् ।
कुन आधिकारिक हो भन्ने टुंगो लाग्न नसकेपछि उम्मेदवारी दर्ता हुन सकेको छैन ।