
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको प्रमुख (मेयर) मा सागरप्रताप राणा र उपप्रमुख (उपमेयर) मा विनिता गुप्ताले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।
सोमवार भैरहवास्थित बाल मन्दिरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरूले उम्मेदवारी दर्ता गरेका हुन् ।
राणा सिद्धार्थनगरका पूर्व मेयर हुन् । उनी पार्टीका रुपन्देही जिल्ला अध्यक्ष समेत हुन् । गुप्ता पार्टी सिद्धार्थनगर कमिटी सदस्य हुन् ।
राप्रपाले १३ वटै वडाध्यक्ष र सदस्यमा पनि उम्मेदवारी दिएको छ ।