०७ साउन २०८३, बिहीबार

हेटौंडामा एमालेका उम्मेदवारको मनोनयन दर्ता

बैशाख १२, २०७९
हेटौंडामा एमालेका उम्मेदवारको मनोनयन दर्ता

नेकपा एमालेले स्थानीय तहको निर्वाचनको लागि हेटौंडा उपमहानगरपालिकामा मेयर/उपमेयरसहित १९ वटै वडाध्यक्ष र सदस्यको उम्मेदवारी दर्ता गरेको छ ।

एमालेको तर्फबाट उपमहानगरपालिकाको मेयरमा अनन्तप्रसाद पौडेल तथा उपमेयरमा सुमित्रा काफ्लेले उम्मेद्वारी दर्ता गरेकी हुन् ।

एमालेको तर्फबाट मेयरमा उम्मेदवारी दिएका पौडेलको प्रस्तावकमा वर्तमान मेयर हरिबहादुर महत तथा समर्थकमा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल छन् ।

उपमेयर काफ्लेको प्रस्तावकमा एमाले नेत्री आरती पाठक तथा समर्थकमा सिता विष्ट छन् ।

एमाले जिल्ला पार्टी कार्यालय हेटौंडाबाट र्‍यालीसहित उम्मेदवारी दर्ताको लागि उम्मेदवार तथा कार्यकर्ता मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । हेटौंडा उपमहानगरपालिकामा नेकपा एमालेले बहुदल प्राप्त भएपछिका सबै स्थानीय तहको निर्वाचनमा मेयर/उपमेयरमा जीत हासिल गरेको छ ।

संघीयतापछि भएको स्थानीय तहको निर्वाचन २०७४ मा पनि एमालेले माओवादी–कांग्रेसको गठबन्धनलाई पराजित गर्दै हेटौंडाको मेयर/उपमेयरसहित १९ मा १२ वडाको वडाध्यक्ष जितेको थियो ।

एमालेबाट मेयरमा हरिबहादुर महत तथा उपमेयरमा मीनाकुमारी लामा विजयी भएकी थिइन् ।

कमेन्ट गर्नुहोस्