१८ असार २०८३, बिहीबार

हेटौंडा  उपमहानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट लामा र बानियाँको उम्मेदवारी दर्ता

बैशाख १२, २०७९
हेटौंडा  उपमहानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट लामा र बानियाँको उम्मेदवारी दर्ता

सत्तारुढ ५ दलीय गठबन्धनको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयरमा उम्मेदवारी दर्ता गरिएको छ ।

गठबन्धनबाट  उपमहानगरपालिकाको प्रमुख पदमा नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामा र उपप्रमुख पदमा नेपाली कांग्रेसबाट राजेश बानियाँले उम्मेदवारी दर्ता गराएका हुन् । 

उपमहानगरको प्रमुख पदको उम्मेदवार लामा २०७४ को स्थानीय चुनावमा नेकपा एमालेबाट उपमेयरमा निर्वाचित भएकी थिइन् भने एमाले विभाजन भएसँगै  हाल एकीकृत समाजवादीमा क्रियासिल छिन्  ।

त्यस्तै उपप्रमुखमा उम्मेदवारी दिएका बानियाँ गत स्थानीय चुनावमा हेटौंडा ५ नम्बर वडामा निर्वाचित भएका थिए ।

उनीहरू दुबैले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर लामा र बानियाँले उम्मेदवारी दर्ता गराएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्