१९ असार २०८३, शुक्रबार

काठमाडौंका उम्मेदवारको वाचा : ‘फोहरलाई मोहरमा बदल्छौं’

बैशाख १२, २०७९
काठमाडौंका उम्मेदवारको वाचा : ‘फोहरलाई मोहरमा बदल्छौं’
फाइल फोटो

काठमाडौं महानगरपालिकाको उपप्रमुखका उम्मेदवार रामेश्वर श्रेष्ठले उपत्यकाको फोहरलाई मोहरमा बदल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सत्ता गठबन्धनका तर्फबाट सोमवार कामपाको उपप्रमुखमा उम्मेदवारी दिएलगत्तै सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले यसअघिका जनप्रतिनिधिले सल्ट्याउन नसकेको उपत्यकाको फोहर व्यवस्थापनको कार्य वैज्ञानिक तबरले समाधान गरिने बताए ।

श्रेष्ठ नेकपा एकीकृत समाजवादीबाट उपप्रमुखको उम्मेदवार बनेका छन् । श्रेष्ठको समर्थकमा प्रवेशमान बज्राचार्य र प्रस्तावकमा भीमसेन खतिवडा ‘विष्णु’ रहेका छन् ।

उनले भने, ‘फोहर प्रशोधन केन्द्र स्थापना गर्नेछौं, ट्रकमा हालेर फोहर बाहिर लैजाने अवस्थाको अन्त्य गर्नेछौं, प्रशोधन केन्द्रमार्फत फोहरलाई मोहरमा बदल्नेछौं ।’

काठमाडौं महानगरलाई दीगो र व्यवस्थित शहरका रूपमा विकास गर्ने, रोजगारीका लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने, माध्यामिक शिक्षा निःशुल्क, रोजगारमूलक शिक्षा प्रदान गर्ने, भाषा, जातजाति, कला संस्कृतिको संरक्षण गरिने उनले बताए । उनले आफ्नो प्रतिबद्धता नागरिकको आशाअनुरूप भएकाले कार्यान्वयन गर्न तत्पर रहेको बताए ।

राप्रपाका तर्फबाट कामपाको प्रमुखमा उम्मेदवारी दिएका मदनदास श्रेष्ठले भ्रष्टाचारमुक्त महानगर बनाउने बताए ।

महानगरमा ज्येष्ठ नागरिक र बालबाटिका निर्माण गर्ने, माध्यमिक शिक्षा निःशुल्क गर्ने, काठमाडौंलाई बसोबासका लागि उपयुक्त शहर बनाउने, अव्यवस्थित बसोबासका समस्यामा समाधान गर्ने र युवालाई स्वरोजगार बनाउने कार्यक्रम ल्याइने बताए ।

salt training

कमेन्ट गर्नुहोस्