३० जेठ २०८३, शनिबार

काठमाडौँ महानगरपालिकामा ५६ जनाले गराए मेयर पदमा उम्मेदवारी दर्ता

बैशाख १२, २०७९
काठमाडौँ महानगरपालिकामा ५६ जनाले गराए मेयर पदमा उम्मेदवारी दर्ता

काठमाडौँ महानगरपालिकामा मेयर पदका लागि ५६ जनाको र उपमेयर पदका लागि ३१ जनाको उम्मेदवारी परेको छ । 
५६ जना मेयरका उम्मेदवारमध्ये २१ जनाले दलकातर्फबाट र बाँकी ३५ जनाले स्वतन्त्र उम्मेदवार रुपमा मनोनयन पत्र दर्ता गराएका छन् । उनीहरुमध्ये ८ जना महिला छन्  । उपमेयर पदमा उम्मेदारी दिने ३१ जनामध्ये १२ जनाले दलकातर्फबाट र ९ जनाले स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन पत्र दर्ता गराएका छन् ।   उपमेयरका उम्मेद्वारमध्ये १२ जना महिला छन् । 
स्थानीय तह सदस्य निर्वाचन २०७९ को दोस्रो दिनसम्ममा दलका प्रतिनिधि र स्वतन्त्रतर्फका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन् ।  स्थानीय तह निर्वाचन २०७९ का कार्यक्रमअन्तर्गत हिजो र आज गरी २ दिन मनोनयन दर्ताको कार्यक्रम राखेको थियो ।
मनोनयनको पहिलो दिन मेयर पदका लागि १६ जनाले र उपमेयर पदका लागि १७ जनाले उम्मेदवारी दिएका थिए । 
मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाकाअनुसार काठमाडौँ महानगरका ३२ वटा वडामध्ये हरेक २ वटाका लागि एउटा मनोनयन डेक्स राखिएको थियो । यसै गरी मेयर र उपमेयरका लागि छुट्टाछुट्टै २ वटा डेक्स राखिएका थिए । यी हरेक डेक्समा इन्टरनेट सुविधासहितका ल्यापटप राखिएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्