३१ असार २०८३, बुधबार

चेन्नईमाथि पन्जाबको जीत

बैशाख १३, २०७९
चेन्नईमाथि पन्जाबको जीत

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पन्जाब किङ्सले जीत निकालेको छ ।

मुम्बईमा सोमबार राति भएको खेलमा पन्जाबले साविक विजेता चेन्नई सुपर किङ्सलाई ११ रनले हराएको हो ।

पन्जाबले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन मात्र बनाउन सक्यो ।

यस अघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८७ रन जोडेको थियो ।

पन्जाबको यो चौंथो जीत हो ।

छैटौं स्थानमा उक्लिएको पन्जाबले ८ खेलमा ८ अंक जोडेको छ  ।

नवौं स्थानको चेन्नईको यो छैटौं हार हो ।

चेन्नईले ८ खेलमा ४ अंक जोडेको छ ।

salt training

कमेन्ट गर्नुहोस्