०६ साउन २०८३, बुधबार

तालमेलप्रति माओवादीमा पनि असन्तुष्टिका स्वर

काठमाडौंकी नेत्रीले लेखिन्– गठबन्धनले माओवादी आन्दोलन धरापमा
बैशाख १३, २०७९
तालमेलप्रति माओवादीमा पनि असन्तुष्टिका स्वर

स्थानीय निर्वाचनका लागि भएका तालमेलप्रति विभिन्न दलका नेताहरुले असन्तुष्टि जनाइरहेका छन् । तालमेल सही नभएको भन्दै विभिन्न दलका नेताहरुले असन्तुष्टि पोख्दै आएकोमा यो क्रम अझै नरोकिएको हो । 
असन्तुष्टिकै बीच सोमबार सम्पन्न मनोनयन दर्ताका क्रममा बागी उम्मेदवारी समेत परेका छन् । विशेषगरी सत्ता गठबन्धनभित्र भएका चुनावी तालमेलमा बागी उम्मेदवारी धेरै परेक छन् । 

यहीबीचमा माओवादी केन्द्रमा पनि असन्तुष्टिका स्वर सुनिएका छन् । माओवादी केन्द्रका नेता लेखनाथ न्यौपाने लगायतका नेताले तालमेल घातक हुने बताउँदै आएका बेला सोही पार्टीको काठमाडौंकी नेत्री रुपा महर्जनले पनि असन्तुष्टि पोखेकी छन् । 

उनले गठबन्धनले माओवादी आन्दोलन नै धरापमा पर्ने चेतावनी दिएकी छन् । ‘समग्र काठमाडौंमा गठबन्धन नामको नाटकले माओवादी आन्दोलन नै धरापमा पर्ने खतरा’, उनले सामाजिक सञ्जालमा भनेकी छन्, ‘केही निहीन स्वार्थका कारण गरिएको सम्झौताका कारण परिणाम अझै खतरापूर्ण हुने अवस्थामा... ।’ 
 

कमेन्ट गर्नुहोस्