३१ असार २०८३, बुधबार

माओवादीलाई पछ्याउँदै राजपा

कात्तिक २०, २०७४
माओवादीलाई पछ्याउँदै राजपा

काठमाडौं, २९ असार राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय समितिमा १ सय ३४ पदाधिकारीसहित ८ सय १५ केन्द्रीय सदस्यलाई समावेश गरिएको छ । निर्वाचन आयोगमा बुधबार दल दर्ताका लागि निवेदन दिँदा राजपा नेपालले सो संख्या उल्लेख गरेको हो ।Rajapa ,,

तराई–मधेसकेन्द्रित दलका रूपमा चिनिने राजपा नेपालको केन्द्रीय समिति माओवादी केन्द्रपछाडिकै ठूलो हो । माओवादी केन्द्रमा ३ हजार ९ सय ९९ केन्द्रीय महाधिवेशन आयोजक कमिटी रहेको छ ।

७ वैशाखमा विभिन्न ६ मधेसवादी दल मिलेर राजपा नेपाल गठन भएको हो । तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, मधेसी जनअधिकार फोरम गणतान्त्रिक र नेपाल सद्भावना पार्टी एकीकृत भई राजपा नेपाल घोषणा गरिएको हो ।

२३ असारमा निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका राजपा नेपालका नेताहरू बाँकी कागजातसहित बुधबार दोस्रोपटक आयोग पुगेका हुन् । उनीहरूले बुधबार पार्टीको विधान, घोषणापत्र बुझाएका थिए । एकीकृत पार्टी घोषणाअघि ६ वटै दलको केन्द्रीय कमिटीको पार्टी एकीकरण गर्ने निर्णय र एकीकृतपछिको केन्द्रीय कमिटीको नामावली पनि आयोगमा बुझाइएको छ, राजधानी दैनिकमा खबर छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्