३१ असार २०८३, बुधबार

ईपीएस समझदारी नवीकरण पहल

बैशाख १३, २०७९
ईपीएस समझदारी नवीकरण पहल

श्रम,  रोजगार  तथा  सामाजिक  सुरक्षा  मन्त्रालयले  रोजगार  अनुमति  प्रणाली  (ईपीएस)को  द्विपक्षीय  समझदारी  छिट्टै  टुङ्गोमा  पुग्ने  जनाएको छ ।

सन्  २०२०  देखि  नवीकरणको  प्रक्रियामा  रहेको   ईपीएस   रोजगारीसम्बन्धी   द्विपक्षीय   समझदारीलाई  छिट्टै  टुङ्गोमा  पुर्‍याउन  दक्षिण  कोरियास्थित  नेपाली  राजदूतावासमार्फत  पहल  भइरहेको मन्त्रालयले जनाएको छ ।

श्रम       मन्त्रालयका       सहसचिव       राजीव   पोखरेलले   कोरोनाका   कारण   दुुई   वर्षदेखि नेपाल र दक्षिण कोरिया सरकारबीचको श्रम  समझदारीको  नवीकरण  हुन  नसकेको  चर्चा गर्दै नेपाली दूतावासमार्फत पहल भइरहेको जानकारी दिए । एक साताअघि नै सरकारले मस्यौदा पठाइसकेको उहाँले जानकारी दिए ।

सन्   २००७   मा   नेपाल   र   दक्षिण   कोरिया  सरकारबीच  भएको  रोजगार  अनुमति  प्रणालीसम्बन्धी द्विपक्षीय समझदारी पछिल्लो पटक सन् २०१८ मा नवीकरण भएको र त्यसपछि २०२० देखि नवीकरणको प्रक्रियामा रहेको छ श्रम  मन्त्रालयले  कोरियाली  भाषा  परीक्षा  उत्तीर्ण  गरेका  १०  हजार  नेपाली  कोरिया  जाने  प्रक्रियामा  रहेकाले  उनीहरूलाई  छिटो  लैजाने  व्यवस्था गर्न दक्षिण कोरिया मानव संसाधन विभाग (एचआरडी)मार्फत आग्रह गर्दै आएको छ । दक्षिण कोरियाले सन् २००८ देखि कोटा छुट्याएर नेपाली श्रमिक लैजाँदै आएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्