०८ असार २०८३, सोमबार

उद्योग खोल्न जग्गा अभाव

बैशाख १३, २०७९
उद्योग खोल्न जग्गा अभाव
तस्वीर सौजन्य : गोरखापत्र दैनिक

नेपालगञ्ज  क्षेत्रमा  जग्गा  अभावका  कारण  नयाँ उद्योग स्थापना गर्न समस्या हुन थालेको छ ।

नेपालगञ्ज  औद्योगिक  क्षेत्रमा  नयाँ  उद्योग  स्थापना गर्न खाली जग्गा छैन भने प्रस्तावित नौबस्ता औद्योगिक क्षेत्रको निर्माण समयमै सुरु हुन नसकेकाले उद्योगी व्यवसायी अत्यधिक चर्को मूल्यमा जग्गा किनेर उद्योग सञ्चालन गर्न बाध्य भएका छन् ।

नेपालगञ्ज औद्योगिक क्षेत्रमा जग्गा सकिएको र नयाँ औद्योगिक क्षेत्रको निर्माण नै सुरु हुन नसक्दा बाँकेमा  उद्योग  सञ्चालन  गर्न  चाहने  अधिकांश  उद्योगीले या त चर्को मूल्यमा जग्गा खरिद गरेर उद्योग खोल्नुपर्छ या अन्य ठाउँतिर जानुपर्ने गरेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

बाँकेमा उद्योग खोल्न तयार भएका स्थानीय र  बाहिरी  जिल्लाका  उद्योगीले  औद्योगिक  क्षेत्रमा  जग्गा नपाउँदा जानकी गाउँपालिका र नेपालगञ्ज–कोहलपुर सडक खण्डको वरिपरि अति नै महँगो जग्गा किनेर उद्योग सञ्चालन गर्न बाध्य भएको गुनासो गरेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुलवाहिद मन्सुरीले बताए  ।

उद्योग  खोल्न  चाहनेमध्ये  धेरैले  यहाँ  जग्गा  नपाएपछि अन्य जिल्लामा गएर उद्योग सञ्चालनमा ल्याएको पाइएको पनि उनले बताए । नेपालगञ्ज  औद्योगिक  क्षेत्रलाई  विस्तार  गर्ने र नौबस्ता औद्योगिक क्षेत्रको निर्माण सुरु गर्न पटकपटक सम्बन्धित निकायलाई आग्रह गरिएको भए पनि सुनुवाइ नभएको सङ्घले जनाएको छ । गोरखापत्र दैनिकमा सिराज खानले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्