२८ जेठ २०८३, बिहीबार

१३८ जना वकिलहरूलाई वरिष्ठ अधिवक्ताको उपाधि दिन फुलकोर्टमा सिफारिस

बैशाख १३, २०७९
१३८ जना वकिलहरूलाई वरिष्ठ अधिवक्ताको उपाधि दिन फुलकोर्टमा सिफारिस

वरिष्ठ अधिवक्ता सिफारिस समितिले १३८ जना वकिलहरूलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्न सर्वोच्च अदालतको फुलकोर्टमा सिफारिस गरेको छ । 

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा गठित सिफारिस समितिले १३८ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताका लागि  सिफारिस गरेको हो ।

नेपाल बार एसोसिएसनका पूर्व महासचिव लीलामणि पौडेलले १३८ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको लागि सिफारिस समितिले सिफारिस गरेको बताए । 'उक्त समितिले १३८ जनाको सूची सर्वोच्च अदालतमा बुझाइसकेको छ, पर्सि सर्वोच्च अदालतको फुलकोर्ट बैठकबाट उक्त सिफारिस पास हुन्छ,' पौडेलले लोकान्तरसँग भने । 

२०५१ चैत मसान्तअगाडि अधिवक्ताको लाइसेन्स लिएको, ५ वर्षसम्म निरन्तर कर चुक्ता गरेको, सर्वोच्च अदालत र उच्च अदालतमा ५० वटा मुद्दामा फैसला भएको हुनुपर्ने मापदण्ड बनाइएको थियो । २७६ जना वकिलहरू वरिष्ठ अधिवक्ताको लागि योग्य भए पनि १३८ जना मात्र सिफारिस गरिएको उनले बताए । 

'कसैको ५ वर्षसम्म निरन्तर कर चुक्ता भएको देखिएन, कसैको ५० वटा फैसला पुगेको देखिएन,' पौडेलले भने, 'त्यसकारण कतिपय साथीहरू सूचीमा पर्न सक्नु भएन ।' 

पौडेल आफैं पनि लाइसेन्स प्राप्त गरेको अवधिमा ३ महिना नपुगेको हुनाले सिफारिसमा परेका छैनन् । नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष टीकाराम भट्टराईदेखि पूर्व महासचिव सुनील पोखरेलसम्मले वरिष्ठ अधिवक्ताको उपाधि पाउने भएका छन् । 

न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, प्रकाश कुमार ढुंगाना र मुख्य रजिस्ट्रार लालबहादुर कुँवर उक्त सिफारिस समितिमा सदस्य छन् ।

salt training

कमेन्ट गर्नुहोस्