कञ्चनपुर, २९ असार - जिल्लाको सबैजसो नवनिर्वाचित जनप्रतिनिधिले शपथसँगै पदभार ग्रहण गरिसकेका छन् । तर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका प्रमुख दिलबहादुर ऐर भने कुर्सीका कारण चर्चामा छन्, कान्तिपुरमा खबर छ ।
उनी नगरपालिकाले किनेको आरामदायी कुर्सीमा बस्दैनन् । बरु घरबाटै सामान्य काठे कुर्सी ल्याएर आफ्नो कार्यकक्षमा राखेका छन् ।
'१० बर्षदेखि यही कुर्सीमा बसेर जनताको सेवा गरे, ५ बर्षे कार्यकाल पनि यसैमा विताउँछु', उनले भने, - 'म सामान्य जनताको छोरो, उनीहरु सरह नै बस्न चाहान्छु ।' आफूलाई कुर्सी मोह भन्दा जनताको सेवा गर्ने चाहना रहेको उनले बताए |