१९ असार २०८३, शुक्रबार

भानुको योगदान अतुलनीय : प्रधानमन्त्री

कात्तिक २०, २०७४
भानुको योगदान अतुलनीय : प्रधानमन्त्री
काठमाडौँ, २९ असार-प्रधानमन्त्री शेरबहादुर देउवाले भाषा, साहित्य र संस्कृतिको जगेर्नाका लागि सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । 

आदिकवि भानुभक्त आचार्यको दुईसय चारौँ जयन्तीका अवसरमा आज भानु प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाली साहित्य र भाषाको श्रीवृद्धिमा भानुको योगदान अतुलनीय रहेको बताउनुभयो । 

उहाँले मुलुकको समृद्धिका लागि भाषा साहित्यको उल्लेख्य भूमिका हुने पनि बताउनुभयो । 

समारोहमा साहित्यिक प्रतिभा र विद्यार्थीका प्रतियोगितामा विजयीलाई पुरस्कृत गरिएको थियो । प्रधानमन्त्री देउवाले भानुको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जलि व्यक्त गर्नुभयो । 

कार्यक्रम शुरु हुनुअघि रानीपोखरीबाट भानुको सम्मानमा प्रभातफेरिको आयोजना गरिएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्