२४ जेठ २०८३, आइतबार

बागी उम्मेदवारी फिर्ता नलिए कारबाही गरिने

बैशाख १६, २०७९
बागी उम्मेदवारी फिर्ता नलिए कारबाही गरिने

 स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका दलहरूको  आन्तरिक  तयारी  तथा  अनुगमन  संयन्त्रको बैठकले गठबन्धनका उम्मेदवारविरुद्ध भएको उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ ।

नेपाली  काँग्रेसका  वरिष्ठ  नेता  रामचन्द्र  पौडेलको   संयोजकत्वमा   बिहीबार   बसेको   संयन्त्रको बैठकले गठबन्धनका उम्मेदवारविरुद्ध जाने  व्यक्तिलाई  आआफ्नो  पार्टीले  फिर्ता  गर्न  लगाउने निर्णय गरेको छ ।

संयन्त्रका सदस्यसचिव केशवराज जोशीका अनुसार  गठबन्धनका  उम्मेदवारविरुद्ध  बागी  भएका  सबै  उम्मेदवारलाई  फिर्ता  गर्न  लगाउने  र फिर्ता नगर्ने उम्मेदवारको सूची बनाएर शीर्ष नेतृत्वसमक्ष  कारबाहीका  लागि  सिफारिस  गर्ने  निर्णय भएको छ । गोरखापत्र दैनिका खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्