
कपिलवस्तु, २९ असार– निकै विवाद र चर्चामा रहेको रास्ट्रपतिलाई १६ करोडको गाडि खरिद प्रकरणको बिषयलाई लिएर सामाजिक संजालमा जथाभाबी लेख्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
कपिलबस्तु प्रहरीले गाडी खरिद प्रकरणसँग जोडेर अपमानजनक शब्द प्रयोग गर्ने प्यूठान घर भइ हाल कपिलबस्तुको तौलिहवामा बस्दै आएका सोनुकुमार सुनारलाई पक्राउ गरेको हो ।
तौलिहवाकै रेडियो हुदामा कार्यरत रहेका सुनारलाई प्रहरीले रेडियो स्टेशन बाहिरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।