
नेपाली कांग्रेसले बागी उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रवार जारी गरेको विज्ञप्तिमा उम्मेदवारी फिर्ता नलिए बागी उम्मेदवार, प्रस्तावक र समर्थकहरूलाई कारबाही गर्ने चेतावनी दिइएको छ ।
विज्ञप्तिमा भनिएको छ, 'निर्वाचन आयोगद्वारा तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, निजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्कासित हुने व्यहोरा जानकारी गराइन्छ ।'
आयोगले उम्मेदवारी फिर्ता लिन आज शुक्रवार बिहान १० देखि अपरान्ह ५ बजेसम्मको समय तोकेको छ ।
विज्ञप्तिमा पार्टीको आधिकारिक उम्मेदवारलाई मत दिनका लागि समेत भनिएको छ ।
