२१ जेठ २०८३, बिहीबार

उम्मेदवार एमालेमा प्रवेश

बैशाख १६, २०७९
उम्मेदवार एमालेमा प्रवेश

कास्कीको मादी गाउँपालिकामा विभिन्न दलका कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् । अटेरी अभियानबाट मादी ३ को वडाध्यक्षमा उम्मेद्वारी दिएका बुद्धिप्रसाद लामिछानेलगायत  शुक्रबार एमाले प्रवेश गरेका हुन् । 
लामिछानेले स्वतन्त्र उम्मेद्वारी फिर्ता लिएर मादी ३ याङ्जाकोटमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गरेका हुन् । उम्मेद्वार लामिछाने, विभिन्न पार्टीमा आबद्ध स्थानीय विजय गुरुङ, चन्द्रसिंह गुरुङ, विक्रम परियार, पूणसुब्बा गुरुङ, मकरे विक, जगत गुरुङ, तारामान अधिकारी, ऋषि पन्त, सुजन लामिछाने, धम्मे विक र गोविन्द लामिछाने एमाले प्रवेश गरेका हुन् । 
उनीहरुलाई नेकपा एमालेबाट गाउँपालिका अध्यक्ष उम्मेद्वार रहेका शिवबहादुर गुरुङ (महेन्द्र), उपाध्यक्ष उम्मेद्वार कल्पना गुरुङ, पार्टी प्रदेश कमिटी सचिवालय सदस्य एवं गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम)लगायतले पार्टीमा स्वागत गरेका थिए ।   

salt training

कमेन्ट गर्नुहोस्