२९ जेठ २०८३, शुक्रबार

आलमको मुद्दा ‘हेर्दाहेर्दै’

बैशाख १६, २०७९
आलमको मुद्दा ‘हेर्दाहेर्दै’

सर्वोच्च अदालतमा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको बन्दी प्रत्यक्षीकरणको मुद्दामा आज सुनुवाइ हुँदाहुँदै समय अभावका कारण ‘हेर्दाहेर्दै’ मा राखिएको छ । न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा आज सुनुवाइ भए पनि नसकिएपछि हेर्दाहेर्दैमा अर्को शुक्रबारका लागि राखिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।
 
नेता आलमलाई २०६४ साल चैत २७ मा भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा जलाएर मारेको र विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योगको मुद्दा रहेको छ ।
 
यसअघि जिल्ला अदालत रौतहटले आलमलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो । जिल्लाको आदेशलाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले समेत सदर गरेपछि आलम थुनामुक्त गराउन माग राख्दै सर्वोच्च पुगेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्