११ साउन २०८३, सोमबार

विगतका नमूना कार्यक्रमलाई लिएर जनतामा जान महासचिव पोखरेलको कार्यकर्तालाई निर्देशन

बैशाख १६, २०७९
विगतका नमूना कार्यक्रमलाई लिएर जनतामा जान महासचिव पोखरेलको कार्यकर्तालाई निर्देशन

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा (एमाले) सरकारमा हुँदा स्थानीय तह सञ्चालन गर्न सफल भएका नमूना कामलाई लिएर जनतामा जान कार्यकर्तालाई निर्देशन दिएका छन्। नेकपा एमाले घोराही उपमहानगर कमिटीले शुक्रबार घोराहीमा आयोजना गरेको चुनावी प्रशिक्षण कार्यक्रममा उनले विकास, राष्ट्रियता, स्वाधीनता र समृद्धिको रक्षा गर्ने पक्षमा गठबन्धन नदेखिएको भन्दै उनीहरुलाई जनमत प्राप्त गर्ने अधिकारसमेत नभएको बताए।

स्थानीय तहको निर्वाचन विकास र समृद्धिमा केन्द्रित हुनुपर्ने भन्दै उनले एमालेको एउटै उद्देश्य देश बनाउने र त्यसका लागि चुनावमा विजयी हासिल गर्ने भएको बताए । 

कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख पदका उम्मेदवार नरुलाल चौधरीले विकासको नेतृत्व गर्ने पार्टी नेकपा एमाले भएकाले अपूरा कामलाई पूरा गर्नका लागि पूनः निर्वाचनमा आएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्